डडेल्धुरा- नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सरकारका लागि निकै महंगो पर्ने चेतावनी दिएका छन्।
बुधबार तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो।
सोही विषयमा सांसद मल्लले सरकारले उक्त घटनाबारे सार्वजनिक रुपमा माफी नमागे आफ्नो निर्वाचन क्षेत्रमा हुने शिलान्यासका कार्यक्रमा कुनैपनि मन्त्रीलाई सहभागी हुन नदिने बताएका छन्।
‘नेकपा सरकार र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको दुर्व्यवहार र गिरफ्तारीले अधिनायकवाद देखाइदिएको छ। अब तुरुन्त सार्वजनिक रुपमा नेता पौडेलसँग आममाफी मागिनुपर्छ। अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’ उनले भने।
साथै नेपाली कांगेस डडेल्धुराले घटनाको निन्दा गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...