२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

पौडेल गिरफ्तारका विषयमा माफी नमागे मेरो निर्वाचन क्षेत्रमा पनि निषेध गर्छु : सांसद मल्ल

डडेल्धुरा- नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सरकारका लागि निकै महंगो पर्ने चेतावनी दिएका छन्।

बुधबार तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो।

सोही विषयमा सांसद मल्लले सरकारले उक्त घटनाबारे सार्वजनिक रुपमा माफी नमागे आफ्नो निर्वाचन क्षेत्रमा हुने शिलान्यासका कार्यक्रमा कुनैपनि मन्त्रीलाई सहभागी हुन नदिने बताएका छन्।

‘नेकपा सरकार र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको दुर्व्यवहार र गिरफ्तारीले अधिनायकवाद देखाइदिएको छ। अब तुरुन्त सार्वजनिक रुपमा नेता पौडेलसँग आममाफी मागिनुपर्छ। अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’ उनले भने।

साथै नेपाली कांगेस डडेल्धुराले घटनाको निन्दा गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ मंसिर १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP