२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

मन्त्री माया भट्टले सचिवलाई दिईन् ज्यान मार्ने धम्की

धनगढी– उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डाक्टर दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्। मन्त्रीले सचिव खराललाई भने अनुसार काम नगरेको भन्दै ज्यान मार्ने धम्की दिएकी हुन्।

आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेश प्रमुख सचिवलाई निवेदन दिएका छन्।

हरेक निर्णयमा मन्त्रीज्यूले नीति नियम मिचेर गर्ने गरेको बताउँदै सचिव खरालले भने,‘मैले नीति नियममै रहेर काम गर्न भन्दा मन्त्रीज्यूले नै पेलेर काम गर्दै आउनु भएको थियो।’ आफूले गलत काम नगर्ने भनेपछि मन्त्रीले नै कार्यकक्षमा बोलाएर दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको उनले बताए। ‘मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर आफूले भनेको काम किन नगरेको भन्दै दुव्र्यवहार गर्नुभयो,’ उनले भने,‘त्यसपछि औँला ठड्याएरै जुनसुकै बेला जे पनि हुनसक्छ भन्दै धम्क्याउनु भयो।’

मन्त्रीज्यूले नै धम्क्याएपछि आफूलाई ज्यानको असुरक्षा बढेको भन्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव समक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको उनले बताए। ‘मैले प्रमुख सचिव समक्ष निवेदन पेश गरेको छु,’ उनले भने,‘त्यसैको बोदार्थ पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छु।’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोदार्थ पत्र पठाएको बताए।

के हो वास्तविकता ?
मन्त्रालयको छलफल तथा बैठकमा मन्त्री भट्टका नजिक मानिएका परमानन्द भट्ट सहभागी हुन्थे। मन्त्री, स्वकीय सचिव र मन्त्रालयका सचिव तथा कर्मचारी बसेर छलफल गर्दै गर्दा परमानन्द भट्टबीच बीचमा बोल्दै सचिवलाई आफू अनुकुलको काम गर्न निर्देशन दिन्थे। एक÷दुई पटकको बैठक तथा छलफलमा सचिवले केही नबोले पनि पटक पटकको बैठकमा परमानन्द भट्टले सचिवलाई निर्देशन दिन थालेपछि सचिले भट्टलाई तपाईँ को हो? भनेर प्रश्न गरे। त्यत्तिकैमा मन्त्री भट्टले उनी आफ्नो सल्लाहकार भएको बताइन्। 

तर, परमानन्दलाई मन्त्री भट्टले आधिकारिक रुपमा कुनै सल्लाहकारको नियुक्ति दिएकी छैनन्। सल्लाहकारको प्रमाण के छ भनेर सचिव खरालले सोध्दा मन्त्री भट्ट नाजवाफ बनिन्। त्यही समयमा परमानन्द भट्ट, मन्त्री भट्ट, उनका निजी सचिव शेरबहादुर चन्द र अर्का स्वकीय सचिव मन्त्री भट्टकै छोराको आकस्मिक बैठक बस्यो। स्रोतका अनुसार उनीहरुले त्यहीबाट सचिव खराललाई सरुवा गर्ने र उनको हरेक काममा अवरोध गर्दै आए।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको पर्यटन योजना अन्तर्गत मठ मन्दिर निर्माणको कार्यक्रम इकाईका विज्ञ कर्मचारीले बनाउने भए पनि मन्त्रीका निजी सचिवले आफ्नै हिसावले कार्यक्रम बनाएर इकाईमार्फत् जबरजस्ती पास गर्न लगाई मन्त्रालयका सचिवलाई हस्ताक्षर गर्न अह्राइन् मन्त्रीले। नीति विपरीत काम भएको भन्दै सचिवले सो कार्यक्रममा हस्ताक्षर गर्न मानेनन्।

त्यही समयमा सचिव बिदामा बसेको मौका छोप्दै मन्त्रीको निजी सचिवालयले मन्त्रालयका निमित्त सचिवलाई दबाब दिएर हस्ताक्षर गर्न लगाइयो। त्यसैगरी पुनः निजी सचिवालयले आफूखुसी योजना बाँड्न पर्यटन करिडोरको कार्यक्रम पनि बनाए। त्यो कार्यक्रममा पनि मन्त्रालयका सचिवले समर्थन गरेन। मन्त्रीको निजी सचिवालयले बनाएको कार्यक्रममा समर्थन नगरेको भन्दै उनलाई मन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर धम्क्याएको स्रोतले बतायो।

को हुन परमानन्द भट्ट ?
बैतडीका जिल्ला विकास समितिका पूर्व कार्यवाहक सभापति परमानन्द भट्ट नेकपाका प्रदेश समिति सदस्य समेत हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा भट्ट उपसभापतिमा र मन्त्री भट्ट  सदस्यमा निर्वाचित भएका थिए।

उनीहरुको सम्बन्ध त्यहाँदेखिको हो। स्रोतका अनुसार मन्त्रीमा माया भट्ट नियुक्त भएदेखि परमानन्द बैतडीबाट धनगढी झरेका थिए। उनले अप्रत्यक्षरुपमा मन्त्रालय चलाइरहेका छन्। ‘परमानन्द मन्त्री भट्टका नजिकका नातेदारसमेत होइनन,’ स्रोतले भन्यो,‘पाटीभित्रको गुटगत राजनीतिमा नजिकिएका उनीहरु मन्त्री पदमा माया भट्ट नियुक्त भएदेखि परमानन्दले अप्रत्यक्षरुपमा मन्त्रालयका काममा अनुचित हस्तक्षेप गरिरहेका छन्।’ नाकरिक दैनिकले समाचार छापेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP