२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

मेयर मलासीको नेविसंघका ओझालाई च्यालेञ्ज “आन सिङ्गल सिङ्गल लड” (अडियो सहित)

“साले ! फटाहा साले ! तलाई त खुट्टा भाँचेर छाड्नु पर्ने”

डोटी । दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले मुख छाडेर बोलेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अडियोमा नेपाल विद्यार्थी संघका नेता विजय ओझासँग मेयर मलासीले आक्रोसित हुँदै गाली गर्नुका साथै खेट्टा भाँच्ने धम्कि दिएकी छिन् ।

मेयर मलासिले अडियोमा भनेकीछिन्,“साले ! फटाहा साले ! आन सिङ्गल सिङ्गल लड, तलाई त खुट्टा भाँचेर छाड्नु पर्ने ।”

सिलगढीमा ओझाले आफ्ना साथीहरुसँग वाल तपाईको अफिसले लगाएको होकी नरक पालिकाले भनेरे व्यङ्ग्य गरेपछि मेयरले आक्रोस पोखेकी हुन् । साथीहरुसँग सो कुरा गर्दा मेयर नजिकमा छन् भन्ने थाह नपाएको ओझाले बताए । मेयरले एक्कासी पछाडीबाट गालीगरेपछि मात्रै थाह पाएको उनले बताए ।

सामाजिक सञ्जालमा जनप्रतिनिधिले जनताको सामान्य आलोचना समेत खेप्न नसक्नु र मुख छाड्नु गलत भएको भन्दै टिकाटिप्पणी भैरहेको छ । करिव एक मिनेटको अडियोमा मेयर मलासी र ओझाबीच सामान्य विवाद पनि भएको छ ।

अडियो सुन्नुहोस् …..

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP