२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

ओली र दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा : यस्ता छन् मन्त्रीका दाबेदार

काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै मन्त्री बन्न दौडधूप सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेसँगै मन्त्रीका लागि नेताले लबिङ सुरु गरेका छन् ।

पहिलो चरणमा संघीय सरकार र दोस्रो चरणमा प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भइरहेको नेकपा स्रोतको दाबी छ । नेकपा स्थायी कमिटी निर्णयअनुसार संघीय र प्रदेश सरकार पुर्नगठन गर्न लागिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुनबाहेकका मन्त्री परिवर्तन हुन सक्ने बताइएको छ । यीबाहेकका मन्त्रीलाई हटाउने र नयाँ ल्याउने गृहकार्यमा शीर्ष नेता रहेको स्रोतको भनाइ छ ।

नयाँ मन्त्रीका रूपमा आउन सक्नेमा नेकपा महासचिव विष्णु पौडेलसहित भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, विशाल भट्टराई, प्रभु साह, देवेन्द्र पौडेल, पम्फा भुषाल, महेश बस्नेत, हरिबोल गजुरेल, सोमप्रसाद पाण्डे, किशान श्रेष्ठ, विरोध खतिवडा, कर्ण थापालगायतका नेता छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अढाई वर्षको अवधिमा ११ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । ३ र १४ फागुन, १२ चैत २०७४ मा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यस्तै, २०७५ मा १८ जेठ, १८ साउन, १६ फागुन गरी तीनपटक मन्त्रिपरिषद् विस्तार भयो । यसैगरी, २०७६ मा १५ साउन, ४ मंसिर र ५ फागुनमा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP