२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

राप्रपा आज दर्ता हुँदै : चुनाव चिन्ह हलो

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नामक नयाँ दल मंगलबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

पार्टी दर्ताअघि बसेको कार्य सम्पादन बैठकले राप्रपा एकता महाधिवेसनको विधानलाई नै एकिकृत राप्रपाको अन्तरिम विधान मान्‍ने सहमति भएको वरिष्ठ नेता विक्रम पाण्डेले जानकारी दिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापा र संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नै एकीकृत पार्टीको अध्यक्ष रहनेछन् । कार्यसमिति ३२७ सदस्यीय हुने भएको छ । त्यस्तै, चुनाव चिह्न हलोमा सहमति जुटेको छ । पार्टीको झण्डामा भने गाई रहने भएको छ ।

०७८ वैशाख अन्तिम साता महाधिवेशन गर्ने पनि सहमति भएको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ६

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP