काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलीयो बनाउने हो भने नेताहरूले त्याग गर्न सकनु पर्ने बताऊनु भएको छ।
पटक पटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने? राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसीरहनका लागी भन्ने प्रश्न बैठकमा नेता राठोरले गर्नु भयो ? पटक पटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृति प्रति प्रहार गर्दै केन्द्रिय सदस्य राठोरले भन्नु भयो ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने , केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लीन नपाउनु पर्ने बिधान बनाउनु पर्ने ‘ बताऊनु भयो।
बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नु पर्नेमा नेता राठोरले जोड दिनु भयो।
निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उहाँले – को हो ? कस्क़ो नेतृत्वमा जादा कांग्रेसले चुनाव जीत्छ ? को हुनुहून्छ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ? ल आऊनुहोस छलफल गरौ, अझ अगाडि मीडियामा चर्चामा आऊँन चाहने युवानेताहरू प्रति संकेत गर्दै भन्नु भयो बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने,नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हून्छ सुधार ? त्यसैले पार्टी भित्र अनुशासन हुनु पर्यो , जनताको पक्षमा सबै मिलेर काम गर्ने बाताबरण हुनु पर्यो भन्ने उहाँको धारणा थियो।
आजको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ , प्रकाशमान सिंह , दीपक गिरी , मोहन बस्नेत लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...