२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

अध्यक्ष ओलीको कार्यशैलीले नेकपा बिसर्जनको बाटोमा गयो: भीम रावल

सत्तारुढ नेकपाको विवाद दिनदिनै बढ्दै गएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै झण्डै डेढ महिनाअघि सुरु भएको विवाद समाधान हुनुको साट्टो झन्झन् जटिल बन्दै गएको छ।

ओली इतर पक्ष उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदबाट जसरी पनि राजीनामा गराउने अडिग देखिन्छ भने ओली कुनै पनि पद नछाड्ने दृढता व्यक्त गरिरहेका छन्।

दुवै पक्षको हठका कारण स्थगित भएको स्थायी समिति बैठक पुनः बस्ने टुंगो लाग्न सकेको छैन। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमतको निर्णय अध्यक्ष ओलीले समेत स्वीकार गर्नु बताइरहेका छन्।

तर ओली त्यसका लागि पनि तयार छैनन्। यस्तो अवस्थामा सरकार र नेकपाको भविष्य के हुन्छ? विवाद कसरी समाधान हुन्छ? लगायतका विषयमा नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलसँग देश सञ्चारका प्रकाश ढकालले कुराकानी गरेका छन्।

यतिबेला नेकपाभित्र देखिएको झगडा पद कि सिद्धान्तको? एक पक्षले सिद्धान्तको लडाइँ भने पनि अर्को पक्षले पदको लागि झिकिएको विवाद भनिरहेको छ?

पदका लागि विवाद भन्नु सतही तर्क हो। अहिलेको मूल विवाद यो गम्भीर रुपमा पार्टीको सिद्धान्त, नीति, विधि र नेताहरुको कार्यशैलीको हो। पार्टी सिद्धान्त नीतिलाई कार्यान्वयन गर्ने सवालमा कुन कुन व्यक्तिले जिम्मेवारी पूरा गरे भन्ने मुख्य सवाल हो।

प्रसंगबस पदको कुरा पनि आउन सक्छ, तर मुल कुरो पदको होइन। जसले पदको मात्र विवाद भनेका छन्, उनीहरुले पार्टीको सिद्धान्त, जनाको समस्या, घोषणापत्रमार्फत व्यक्त गरिएका प्रतिबद्धताको कार्यान्वयनको विषयलाई ओझेलमा पार्न खोजिएको हो।

यी कुराहरु कार्यान्वयन भए नभएको विषयमा पार्टीको जिम्मेवार पदमा बस्ने नेताहरुले जिम्मा लिनुपर्छ, त्यो सन्दर्भमा पदको कुरा गाँसिएर आउन सक्छ। तर प्रमुख रुपमा पद नै होइन।

पुरा पढ्न यो लिंक खोल्नुस् https://deshsanchar.com/2020/08/06/394357/

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ श्रावण २३

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP