२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

देउवाले ओलीलाई भने, ‘म डाक्टर हो र ?’ , ‘डाक्टरले भन्ने कुरा मैले भनेर हुन्छ ?’

कांग्रेस सभापित शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रण सम्बन्धमा राजनीतिज्ञलाई भेट्न नबोलाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको बताएका छन्। 

विशेषज्ञ चिकित्सकहरूसँगको छलफलमा विपक्षी दलको नेताका रुपमा बोलाइएका देउवाले प्रधानमन्त्रीलाई डाक्टर भेटेर परामर्श गर्न अनुरोध गरेको बताए।

‘म डाक्टर हो र? पोलिटिसियनलाई किन भेट्नु,’ संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने, ‘डाक्टरले भन्ने कुरा मैले भनेर हुन्छ?’

सुझावको रुपमा आफूले पिसिआर परीक्षण बढाउन प्रधानमन्त्रीलाई भनेको बताए। ‘उहाँ (प्रधानमन्त्री) यति गरेको छु, उति गरेको छु मात्र भन्नुहुन्छ, मैले पिसिआर बढाउनुस् भनें,’ देउवाले भने। 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए सात बुँदे सुझाव

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ श्रावण २०

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP