२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्‍चिम प्रदेशसभाको अवरोध कायमै राख्‍ने प्रतिपक्षी कांग्रेसको निर्णय

धनगढी-सुदूरपश्चिममा फैलिँदै गएको कोरोना भाइरस नियन्त्रणका लागि ठोस योजना नल्याउँदा सम्म प्रदेशसभा बैठकको अवरोध जारी रहने प्रतिपक्ष दलले निर्णय गरेका छन् ।

केही दिन देखि लगातार प्रदेशसभा बैठक अवरुद्ध गरिरहेका प्रतिपक्ष दलले सुदूरपश्चिम प्रदेश सरकारको गैरजिम्मेवारीका कारण सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल जनता समाजवादी पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरि कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले ठोस कदम नचालुन्जेल सम्म प्रदेशसभामा रहेको अवरोध जारी रहने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले प्रदेश सरकार गैर जिम्मेवार हुँदा सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको आरोप लगाए । उनले भने–‘कोरोना संक्रमितलाई निको नहुँदै घर पठाएर प्रदेश सरकारले समुदायमा कोरोना संक्रमण फैलाउँदै छ, तत्काल निको नहुँदै घर पठाएका संक्रमितलाई आईसोलेसनमा राखेर उपचारको व्यवस्था गरियोस ।’

‘कोरोना नियन्त्रणका नाममा सुदूरपश्चिममा ९३ करोड खर्च भइसकेको छ’ संसदीय दलका नेता रावलले भने–‘एउटा पीसीआर मेसिनका भरमा परीक्षण भइरहेको छ, अर्को मेशिन थप्न माग ग¥यौं तर अझै सुनुवाई भएन ।’ उनले पटक पटक यी विषयमा आवाज उठाउँदा पनि प्रदेश सरकारले वेवास्ता गरेकाले बाध्य भएर जनताको स्वास्थ्य सुरक्षाका लागि प्रदेशसभा बैठक अवरुद्ध गरेको बताउँदै यी माग ठोस रुपमा कार्यान्वयन नहुन्जेल अवरोध नहटने उल्लेख गरे ।

यसैगरी पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका कृष्ण कुमार चौधरीले प्रदेश सरकारले कोरोना रोकथाम र व्यवस्स्थापन प्रभावकारी ढंगले गर्न नसकेका कारण बाध्य भएर प्रदेशसभा बैठक अवरुद्ध पारेको बताए । उनले भने–‘योजना बाँडफाँट, नयाँ बजेट लगायत थुप्रै विषयमा प्रदेश सरकारले गरेका काम प्रति असहमति छ, तर अहिलेको मुख्य विषय कोरोना भाइरसबाट कसरी जनतालाई बचाउने भन्ने रहेकाले त्यसैमा हामी केन्द्रित छौं ।’ कोरोना भाइरस रोकथाम र व्यवस्थापनमा सरकारले ठोस कदम नचाल्दा सम्म प्रदेशसभाको अवरोध जारी रहने उनले बताए ।

दुवै प्रतिपक्ष दलले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको भोलिपल्ट देखिनै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ असार १५

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP