२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

राष्ट्रपति निवास सामग्री खरिदको विरोध गर्नु भनेको गण्तन्त्रको विरोध गर्नु हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निवासका लागि किनिएको सामग्रीको विरोध गरेर गणतन्त्रकै विरोध गरिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति निवास सामग्री खरिदको विरोध गरेर विरोधिले गण्तन्त्रको पनि विरोध गरेकोे बताएका हुन् ।

गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको अथ्र्याउँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरेका हुन् । राष्ट्रपति भवनको कार्पेट लगाएतको विरोधका बिषयमा बोल्दै उनले भने,“राष्ट्रपतिले यो सामग्री नकिन, किन भन्ने कुरा आउँदैन । चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन ।”

प्रतिनिधिसभामा उनले भने, ‘गणतन्त्रको विरोध गर्न मन लाग्यो भने गणतन्त्रको विरोध खुला गरे भयो नि । तर, गणतन्त्रको विरोध यस्तो घुमाएर गर्ने कि राष्ट्रपतिमाथि खनिने । राष्ट्रपतिमाथि प्रहार गर्ने । कुर्सी कसले किनेर ल्याइदियो, राष्ट्रपतिलाई थाहा हुन्छ ? राष्ट्रपतिले अर्डर गर्छ कुर्सीको ? कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम प्रधानमन्त्रीको हो र त्यहाँँ ? प्रधानमन्त्रीको निवासमा कार्पेट कहाँँनेर राखियो, कहाँँ राखिएन प्रधानमन्त्रीलाई थाहा हुन्छ ? राष्ट्रपतिलाई थाहा हुन्छ कार्पेट कहाँ राख्यो भन्ने कुरा ? जेमा पनि राष्ट्रपतिमाथि खनिने एउटा कुरा उचित हाेइन ।’

यस्तै ओलीले नेपाली मिडियाले राम्रा कुरा गर्नै नजान्ने बताएका छन् । उनले सेनाले चिकित्सा सामग्री खरिद गर्दा अनियमितता भएको भन्ने टिप्पणीमा जवाफ दिँदै सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै आश्चर्य प्रकट गरे ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ जेष्ठ २८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP