२०८१ जेष्ठ ८, मंगलवार
May 21, 2024, Tuesday

बझाङमा एमालेका भण्डारी विजयी

दिपायल– बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा भण्डारी २६६ मतले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् । एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन्। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। सो क्षत्रमा  ११ वटा उम्मेदवार थिए ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा दुर्घटनामा परी मृत्यु भएपछि यहाँ यही वैशाख १५ गते उपनिर्वाचन भएको हो।

Related News

डोटीका १२ हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने
डोटीका १२ हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने
  • २०८१ बैशाख १७

दिपायल- डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म पोलियो रोग विरुद्धको...

TOP