२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

डोटीका १२ हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने

दिपायल- डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म पोलियो रोग विरुद्धको आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानका क्रममा जिल्लाका १२ हजार दुई सय ३७ बालबालिकाहरूलाई आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) खोप लगाइने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जेठ १३ गतेदेखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । अभियानका लागि ४ सय ३८ खोप केन्द्र तोकिएका छन् । २०७३ वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई खोप लगाइने छ । सो अविधिमा पोलियो खोपको अभावका कारण डोटीका १२ हजार बढी बालबालिकाहरूले खोप नपाएका थिएनन् । पोलियो रोग विरुद्धको खोप छुटेका बालबालिकाहरूहरुलाई लक्षित गरी अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।

यो खोप अभियान देशभर सञ्चालन हुने छ । २०७३ वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमो खोप अभावका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकाले खोप लगाउन पाएका थिएनन् । पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइन लागिएको हो । नेपालमा पोलियो विरुद्धको खोप २०७१ सालदेखि सुरु गरिएको हो ।

डोटीका कुन पालिकामा कहेले सञ्चालन हुन्छ अभियान ?

डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकामा १३ गते देखि १८ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै, सायल गाउँपालिकामा १९ गतेसम्म, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा २० गतेसम्म, केआई सिंह गाउँपालिकामा २१ गतेसम्म र आदर्श गाउँपालिकामा २२ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ जेष्ठ ७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP