२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

जन्मथलोका समस्याहरु निदान गर्न अनवरत प्रयास गर्नेछु : प्रदेश सभापति बलायर


दिपायल- प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले डोटीका समस्या समाधान गर्न अनवरत प्रयास गर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ डोटीले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गर्दै उनले जन्मभूमि प्रतिको स्नेह र चिन्ता कायमै रहेको बताउँदै जिल्लाको विकासका लागि सक्दो प्रयास गर्ने बताएका हुन् ।

आइतबार शिखर नगरपालिकामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश निर्माणको सपना बोकेर हिडेको मान्छे जन्मभूमिको विकासका लागि पछि नहट्ने बताए । “कर्म र जिम्मेवारीका आधारमा हामी कोही जिल्ला भित्र हुँला, कोही जिल्ला बाहिर हुँला तर हामी जुनसुकै क्षेत्रमा कार्यरत रहे पनि हामी यहाँका वासिन्दा हुँ । यहाँको विकासका सवालमा हामी तम्तयार छौं र हुनुपर्छ,“ उनले भने ।”

“राजनीतिक रुपले, प्राविधिक कारणले मेरो अन्यत्र उपस्थिति रहे पनि जन्मथलो प्रतिको आफ्नो अघात स्नेह छ,“सभापति बलायरले भने,“म विगत देखि आफ्नो देश, ठाउँ र राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको मान्छे हुँ । अझै पनि जन्मथलोका समस्याहरुको निदानका लागि मेरो अनवरत प्रयास रहने छ । विशेषतः म देश निर्माणको ठुलो सपना बोकेर हिंडेको मान्छे हुँ । समग्र देश र प्रदेशको जिम्मेवारी बोकेको मान्छे आफ्नो जन्मथलोको विकासका लागि पछिहट्ने कुरा हुँदैन ।”


फाष्ट ट्रयाक, पश्चिम सेती, वृहत खानेपानि, ग्रामिण सडकको स्तोरोन्नती लगायत विकास निर्माणका कार्यहरु अगाडी बढाउन आफुले सक्दो प्रयास जारी रहेको बताउदै उनले विकास निर्माणका सवालमा सबै डोटेली एकजुट हुन जरुरी रहेको बताए । “हामीसबै यो समाजका लागि काम गर्ने हो, विकास साझा एजेण्डा होे,“उनले भने,“हाम्रो विचार फरक होला तर हाम्रा आवश्यकता र समस्या एउटै हुन् । तसर्थ, हामी विकासका सवालमा हाम्रो साझा, भावना र धारणा बनाएर एकठाउँमा उभिन सक्नु पर्दछ ।”

वैशाख १५ गते बझाङ क्षेत्र न.१ (क) का लागि हुने उप–निर्वाचनको तयारीका लागि बझाङ पुगेका बलायर डडेल्धुरा हुँदै डोटी पुगेका थिए ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ बैशाख ९

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP