२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाका दुई सांसदको दाबी पेस

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुईजना सांसदले दाबी पेश गरेका छन् । उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोरले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा दाबी पेश गरेका हुन् भने कैलाशले केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा दाबी पेश गरेका हुन् । आइतबार दुबैजनाले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आइतबार बिहान बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबीच उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । जसमा रन्जिता पक्षीय कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति गर्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी आउँदै छिन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ ।
तर, यता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहबीच सहमति भएसँगै लक्ष्मणकिशोर ले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । कांग्रेसको १८, समाजवादीको ४ र नाउपा (रेशम) ४ गरी २६ पुग्छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएको र हालै नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज सकिएको छ ।

Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८१ बैशाख २

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP