२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

कोशीमा मन्त्रिपरिषद विस्तार, काे-काे बने मन्त्री ?

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्।

उनलाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए, जुन अहिले विवादित छ।

थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

माओवादीले भने आज मन्त्रिपरिषदमा आफ्ना सांसदलाई पठाउन सकेन। यसअघि पर्यटनमन्त्री भएका जीवन आचार्यलाई फेरि दोहोर्‍याउने या नयाँ मन्त्री पठाउने भन्नेमा माओवादीभित्रै विवाद भएपछि आज मन्त्रीहरूको नाम पठाउन नसकिएको माओवादी केन्द्रका एक नेताले बताए।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०८० असार २२

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP