२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरको शुक्लाफाँटाले ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने

धनगढी – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन हुने भएको छ । जनताका समस्या सम्बोधन गर्नका लागि शुक्लाफाँटाले ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाका सबै वडामा पुगेर जनताका समस्या र सुझाव सुनेर आगामी वर्षको नीति तथा कार्यक्रम बनाउन जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्न लागेको नगर प्रमुख रणबहादुर महराले बताए । शुक्लाफाँटामा १२ वटा वडा रहेका छन् । प्रत्येक वडामा जनतासँग मेयर कार्यक्रममार्फत एक वर्षमा गरेका कामको उपलब्धि र समीक्षाबारे समेत छलफल गरिने उनले बताए ।

‘समृद्ध शुक्लाफाँटा बनाउनका लागि जनता र जनप्रतिनिधिको सहकार्य हुनु जरुरी छ,’ उनले भने, ‘यो पहिलो वर्षमा नगरका गौरबका योजनाहरु अगाडि बढाएका छौं ।’ जनताका दैनिक जीवनसँग जोडिएका समस्या सामाधानमा नगरपालिका केन्द्रित रहेको उनले बताए ।
उनका अनुसार नगरपालिकाले कोल्डस्टोर, कबर्डहल, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, चक्रपथ निर्माण, नगर अस्पताललगायतका दिर्घकालिन योजनाहरुको निर्माण सुरुवात गरेको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी समेत गरेको छ । नगरपालिकाले घुम्ति स्वास्थ्य शिविर गर्न लागेको हो । ‘सबैको पहुँचमा स्वास्थ्य सेवा पुगाउन छिट्टै स्वास्थ्य शिविर गर्दैछौं,’ उनले भने, ‘हामीसँग एमबीबीएस डाक्टर र औषधी प्रयाप्त छ, सबै वडामा शिविर सञ्चालन हुनेछ ।’

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP