२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday
स्थानीय तह निर्वाचन २०७९

डोटीमा पाँच जना वडा अध्यक्ष प्यानल सहित निर्वाचित


दिपायल– डोटी जिल्लाका बिभिन्न गाउँपालिकाका चार वटा वडाहरुको अन्तिम मत परीणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार विभिन्न तीनवटा वडामा नेकपा (एमाले) र दुई वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका ७ मा नेपाली कांगै्रसका उमेदवार लाल बहादुर विष्ट, बडीकेदार गाउँपालिका ३ मा कांग्रेसकै उमेदवार राम बहादुर गुरुङ्ग विजयी भएका हुन् । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–१ मा नेकपा (एमाले) का उमेदवार खेमबहादुर घर्तीमगर, जोरायल गाउँपालिका–१ मा एमालेकै उमेदवार जगतबहादुर मल्ल विजयी भएका छन् । बडीकेदार गाउँपालिका–५ मा एमाले उमेदवार पदम सिंह बोहरा विजयी भएका छन् । सबै वडा अध्यक्षहरु प्यानल सहित विजयी भएका हुन् ।

नौ स्थानीय तह रहेको डोटी जिल्लामा बिभिन्न राजनितिक दल र स्वतन्त्र गरेर प्रमुख पदमा ३६ जना र उपप्रमुख पदमा २९ जना चुनावी मैदानमा छन् । जिल्लाका आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल र पूर्वीचौकी गाउँपालिकामा मतगणना भइरहेको छ ।

प्राभारम्भिक मत परिणाम अनुसार डोटीको पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । जोरायल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र बोगटान फुड्सिल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको) अग्रता रहेको छ ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७९ बैशाख ३१

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP