२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

पैंसा बोकेर राती गाउँ पस्नेलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँन कांग्रेस सभापतिको निर्देशन


दिपायल- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले मौन अवधिमा पैंसा सहति राती गाउँपस्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् । शिखर नगरपालिका–१ कपल्लेकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनको अबको बाँकी समय रखवाली गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कम्युनिष्टहरुले भ्रष्टाचार गरेर, जनता तथा श्रमजीविहरुलाई लुटेर अकुत सम्पती आर्जेको आरोप लगाउँदै सभापति बलायरले त्यो कालो धन उनिहरुले निर्वाचनमा प्रयोग गर्ने खतरा बढेको बताए । उनले कम्युनिष्टहरुले कमिसन खाएको, भ्रष्टाचार गरेको कालो धन घरमा लुकाएर राखेका कारण मुलुकमा आर्थिक मन्दी आएको र बैंकमा पैंसा रित्तिएको बताए ।

‘गलत तरिकाबाट कमाएको पैंसा बैंकमा जम्मा गर्दा आयस्रोत देखाउनु पर्ने हुन्छ,‘बलायरले भने,‘अकुत सम्पतीको आयस्रोत देखाउने ठाउँ नभए पछि घरमै पैंसा लुकाएको छ । त्यो कालो धन चुनावमा मतदाता प्रभावित पार्न प्रयोग हुन सक्छ त्यसैले कांग्रेस कार्यकर्ता अबको चार दिन चनाखो हुनु पर्ने छ ।’

पैंसाको चलखेल हुन दिएन भने जिल्लाका सबै वडा र पालिकामा कांग्रेस बहुमतले चुनाव जित्ने सभापति बलायरको दावी छ । उनले कांग्रेस कार्यकर्ताहरुलाई मतदाता प्रभावीत पार्न पैंसा बोकेर राती–राती गाउँवस्तीमा छिर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर तिनको झोला समातेर प्रहरीलाई बुझाउन निर्देशन समेत दिएका छन् ।

शिखर नगरपालिकाका ९ वटै वडामा चुनाव जित्ने निश्चित भएको बताउँदै उनले भने,‘हाम्रो तागतका अगाडी, इमान्दारीताको अगाडी, हाम्रो सैद्धान्तिक निष्ठा र आदर्शका अगाडी आजसम्म डोटीमा हामीसँग सैद्धान्तिक प्रतिवाद गर्न सक्ने एउटा पनि कम्युनिष्ठ नेता छैन, तसर्थ कांग्रेसलाई मतदान गरी बहुमतले विजयी गराउँन हार्दिक अपिल गर्दछु ।’

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७९ बैशाख २६

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP