कोरोना भाइरसका कारण संसार नै त्रस्त भइरहेका बेला नेपालमा भने ‘कहिं नभएको जात्रा हाँडी गाउँ’ भने झै भइरहेको छ ।

सरकारमा रहेका मन्त्री, सचिवमाथि बिचौलिया, ठेकेदारसँग मिलेर कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ । निर्णय प्रक्रियामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै अख्तियारमै उजुरी परिसकेको छ ।
यही स्वास्थ्य सामग्री खरिदमा भएको घोटालासम्बन्धमा सामाजिक सञ्जालमा टिप्पणी गरेको विषयमा सरकारका वर्तमान एक सचिवले पूर्वसचिवलाई धम्की दिएका छन् ।
ठेकेदारसँग मिलेर बढी मूल्यमा सामान खरिद गरेको आरोप ब्यहोरिरहेका वर्तमान स्वास्थ्यसचिव यादव कोइरालाले पूर्व खानेपानीसचिव भीम उपाध्यायलाई धम्की दिएका हुन् ।
सचिव कोइरालाले उपाध्यायलाई ‘अपराधी र देशद्रोहीको संज्ञा’ समेत दिएका छन् । त्यतिले नपुगेर सचिव कोइरालाले आफू र देश र जनताको नोकर हूँ भन्दै पूर्वसचिव उपाध्यायलाई ‘अहँकारी अपराधी’ समेत भनेका छन् ।
सचिव कोइरालाले पूर्वसचिव उपाध्यायलाई मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा नेपाल सरकारका वर्तमान स्वास्थ्यसचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई दिएको धम्की जस्ताको तस्तै, ‘भिमजी मेलामचिमा यहाले भ्रस्टचार गरेको समचार पड्दा मलाइ पनि त्यस्तै लागेको थियो । हेक्का रहोस अपराधिले अरुलाइ पनि अपरधिनै देख्छन । म देस र जनताको नोकर हु तपाइ जस्तो अहङ्कारि अपराधि होइन । म अपरधि र देस द्रोइ होइन फेरि पनि हेक्का रहोस । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।’
त्यसअघि पूर्वसचिव उपाध्यायले स्वास्थ्य सामग्री खरिद घोटालामा संलग्न भएकै कारण उप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ आइतवारसम्ममा पदबाट हटेमा आश्चर्य नमान्नु होला भन्दै टिप्पणी गरेका थिए ।
आफै पदबाट नहटे सबैलाई एकैसाथ पदमुक्त गरिनसक्ने आशंकासमेत व्यक्त गर्दै पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए, ‘भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला । नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ ।’
Imagekhabar.com बाट
दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...