२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

वामदेव गाैतम नयाँ पार्टी खाेल्दै

काठमाडाैं- नेकपा (एमाले)को उपाध्यक्षबाट दिएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।

गौतमको सचिवालयका अनुसार ‘नयाँ पार्टी दर्ताको तयारी भइरहेको छ। केही दिनमै निर्वाचन आयोगमा जान्छौं,’ सचिवालय स्रोतले भन्यो।

२०७४ सालको संसदीय चुनावमा बर्दिया-१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका छन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए। नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष भए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भने गएका थिएनन्।

गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन पनि सहभागी भएका थिएनन्।

२०५४ मा एमालेबाट विभाजित भएर गौतमले नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ १८

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP