२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

पुस ६ गतेसम्मका लागि संसद्‍ बैठक स्थगित

काठमाडौं – आजबाट सुरु भएकाे संघीय संसद्‍काे हिउँदे अधिवेशन पुस ६ गतेसम्मका लागि स्थगित भएकाे छ। सभामुख अग्नि सापकोटाले संसद्काे अर्काे बैठक पुस ६ गते सम्मका लागि स्थगित गरेका हुन्। 

सभामुखकाे कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले सुरुमै नाराबाजीसहित बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले बैठकको कारबाही प्रक्रिया अघि बढाए।

संसद्‍ बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए।

एमालेका सांसदहरूले उभिएर विरोधकाबीच सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन्।

Related News

डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
  • २०७८ मंसिर २८

  काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष...

TOP