२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरा काँग्रेसको पालिका अधिवेशन सकियो, कहाँ को भए सभापति ?

डडेल्धुरा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन सम्पन्न भएको हो। अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट (मायालु) निर्वाचित भएका छन्।

शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताए।

अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाँउपालिका सभापतिमा निर्वाचित भएका छन् । सचिवमा देबराज पनेरु विजय भएका छन्। यता परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी एक सय ४८ मत सहित बिजय भएका छन्। जम्मा २०० मत खसेका थिए।

गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका छन्।

कहाँ को जिते ?

१) परशुराम नगर सभापति भरत बडायर जाेशी

२) अमरगढी नगर सभापति खेमराज भट्ट

३) अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेय

४) नबदुर्गा गाउँपालिका सभापति भाेजराज भट्ट

५) आलिताल गाउँपालिका सभापति चन्द्रदेब बाेहरा

६) भागेश्वर गाउँपालिका सभापति डम्बरराज जाेशी

७) गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्की

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ आश्विन १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP