२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सीमानामा रहेका नेपाली १४ दिन नेपाल प्रवेश गर्न नपाउँने

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले सीमा नाकामा रहेका नेपालीलाई १४ दिन प्रवेश नदिने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्णय लिएको थियो । 

कम्तिमा १४ दिन क्वारेनटाइनमा बसेपछि मात्रै प्रवेश दिइने निर्णय लिएको अर्थमन्त्री युवराज खतिवडाले बताए । उनले जहाँ छन् त्यही १४ दिन क्वारेनटाइनमा बसेर सहयोग गरिदिनको लागि समेत आग्रह गरेका छन् । नेपालमा रहेका भारतीयलाई पनि सीमा नाकाबाट १४ दिन उता नपठाइने खतिवडाले बताएका छन् । 

यस विषयमा नेपाल भारत सरकार बीच पनि छलफल र समन्वयन भएको अर्थमन्त्री खतिवडाले बताए । 

सीमा नाकामा भएका नेपालीलाई प्रवेश दिन माग गर्दै सर्वोच्चमा हालिएको रिटमा समेत सर्वोच्ले अन्तरिम आदेश दिन मानेको छैन । 

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र २०

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP