२०७७ फाल्गुन १४, शुक्रबार
February 26, 2021, Friday
हिरासतमा युवक मृत्यु प्रकरण

प्रहरी हिरासत नै असुरक्षित

दिलबहादुर छत्याल / धनगढी – धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष (हिरासत)मा उनलाई राखियो। गत शुक्रबार बिहान हिरासतभित्रै रहेको शौचालयमा उनको रहस्यमय मृत्यु भयो। शौचालयमा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर युवकको मृत्यु भएको प्रहरीको भनाइ छ।

तर युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आखाँमा र मुखमा चोट देखिन्छ। पीडित परिवारले रोशनको हत्या भएको बताएका छन्। खबर पाएपछि प्रहरीले उनलाई झुण्डिएको अवस्थाबाट निकालेर अस्पताल लगेको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। ‘झुण्डिएको अवस्थामा हल्का चाल देखेर बचाउन सकिन्छ कि भनेर उद्धार गरेर अस्पताल लग्यौं,’ उनले भने, ‘झुण्डिएको तस्बिर खिच्न पनि ध्यान भएन।’

मृतकको नाकबाट रगत बगेको, निधारमा, मुख र आखाँमुनि चोट तथा निलडाम रहेको देखिन्छ। मृतकका आफन्तले भने शरीरभरि निलडाम भएकाले युवकको हत्या भएको बताउँदै आएका छन्। ‘छोराको टाउको, मुख र शरिरभरि चोटपटक भएकाले कुटपिट गरेर हत्या गरिएको हो,’ रोशनका बुबा टेकबहादुरले भने।

झुण्डिने बेला छटपटाएर भित्तामा टाउको लागेर चोटपटक लागेको हुनसक्ने प्रहरीको दाबी छ। तर नाक र मुखबाट रगत कसरी आयो ? यो विषयमा भने प्रहरीले कुनै जवाफ दिएन सकेको छैन। पोष्टमार्टम भए पनि रिपोर्ट अझै आइसकेको छैन। मृतकका आफन्तले हत्या भएको भन्दै शुक्रबार प्रहरी कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए।

साउन र भदौ महिनामा दुईजनाको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ। यसरी प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको ज्यान जानुले हिरासतको सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको छ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्नको लागि छानबिन समिती गठन गरेपछि शनिबार मृतकको दाहासंस्कार गरिएको छ। मृतकसँगै पसलबाट मोबाइल चोरीको आरोपमा पक्राउ परेका उनका साथी रोहित पार्कीले शौचालयमा गएर झुण्डिएको अवस्थामा फेला परेको बयान दिएका छन्। प्रहरी नियन्त्रणमा रहेका बेला युवकको ज्यान जानुले प्रहरी हिरासतको सुरक्षा अवस्थाप्रति प्रश्न खडा भएको छ।

यसअघि साउन २९ गते धनगढी उपमहानगरपालिका–१४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। उक्त घटनाको पनि सत्यतथ्य अझै सार्वजनिक भएको छैन। प्रहरीले छेउमा ब्लेट पनि फेला परेकोले ब्लेटले घाँटी आफैँ रेटेर आत्महत्या गरेको दाबी गरेको थियो। यसरी प्रहरी हिरासतमै एकपछि अर्को व्यक्तिको मृत्यु हुँदा हिरासत नै असुरक्षित देखिएका छन्।

पुरा समाचार पढ्नुहोस्

Related News

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ आश्विन ६

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
  • २०७७ आश्विन ६

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
  • २०७७ आश्विन ६

काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो।  अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...

TOP