२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

मुलुक घुमेर मुकुलले रास्वपामा ल्याएको हलचल

काठमाडौं- रास्वपा महामन्त्री मुकुल ढकालले बोक्ने मोबाइल फोनको ब्याक कभरमा निलो पृष्ठभूमिमा सेतो घन्टीको चित्र छ । अघिल्लो महिना उनी आफैंले आर्टिफिसियल इन्टेलिजेन्समा प्रम्प्ट हालेर कालो घन्टीको चित्र बनाए । त्यसमाथि लेखे, ‘पार्टी महामन्त्रीको समीक्षा यात्रा जेठ ६– असार ५ ।’

‘जान्नेलाई छान्ने’ नारा दिएर बनेको दलका कुनै पनि ‘जान्नेसुन्ने’हरुलाई घन्टीको रङ्ग निलो हुनुपर्ने, किन बदलियो भन्नेमा उत्रो ध्यान गएन । आजभन्दा सय वर्षअघि लेनिनले रुसमा ‘ह्वाट इज टु बी डन’ अर्थात् ‘के गर्ने ?’ भनी लेखेजस्तै ढकालले पनि आफ्नो ब्यानरमा लेखेका थिए, ‘के गर्नुहुन्न, के गर्नुपर्छ ?’

बुधबारदेखि राष्ट्रिय राजनीति यीनै ३० वर्षे युवाले तयार पारेको ३२ पृष्ठको प्रतिवेदनको वरिपरि घुमिरहेको छ । एउटा यस्तो प्रतिवेदन, जो यतिन्जेल सार्वजनिक भएको छैन तर यसभित्रका सबैजसो मूख्य बुँदाहरु बाहिरिइसकेका छन् ।

ढकालले आफ्ना सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई मन्त्रालयमै गएर बुधबार राति प्रतिवेदन थमाएका थिए । रोचक के छ भने यो प्रतिवेदन बुझाउन महामन्त्रीले सभापतिलाई पार्टी अफिसमा भेट्न सक्थे । तर सत्ताको दैनिकीमा बानी पर्दै गएको रास्वपाका लागि चमतीको पार्टी मूख्यालय कम प्राथमिक गन्तव्य बन्दैछ भन्ने सांकेतिक अर्थ पनि ढकाल र लामिछानले रोजेको सरकारी भवनले बोक्छ ।

बिहीबार संसद भवनबाट निस्कने बेला शिशिर खनाल लगायत सांसदलाई महामन्त्री ढकालको प्रतिवेदनबारे सोधियो, जबकि उनी स्वयंलाई यसभित्र के लेखिएको छ भन्ने थाहा छैन ।

उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत पदाधिकारीले ढकालको प्रतिवेदन हेर्न, छुन पाएका छैनन् । बिहीबार बिहान पार्टी मूख्यालय पुगेका सभापति लामिछानेले केन्द्रीय सदस्यहरुसँगको साप्ताहिक छलफल क्रममा महामन्त्री ढकालको प्रतिवेदनबारे पछि कुरा गर्ने संक्षिप्त टिप्पणी गरे ।

मुलुक घुमेर आएका महामन्त्री मुकुल ढकाल यति बेला आफैं आफ्नो प्रतिवेदन सार्वजनिक गरिपाउँ भनेर सभापति गुहार्दैछन् । पार्टी उच्च स्रोतका अनुसार आफ्नो प्रतिवेदन सार्वजनिक नहुन्जेल पार्टीको केन्द्रीय समिति बैठकसमेत राख्न नदिने ढकालको तयारी छ ।

कर्णालीको हिमाली जिल्ला डोल्पामा शे फोक्सुन्डोनेर बसेर लेखेको भनिएको प्रतिवेदनले रास्वपा महामन्त्री ढकाललाई चर्चाको केन्द्रमा ल्याइदिएको छ । कांग्रेस, एमाले लगायत दलको नेतासमेत उनलाई टेलिफोन गरेको गर्‍यै छन्, ‘म म्यान अफ् द टाउन भएको छु, तर बम हान्न अझै बाँकी छ,’ बबरमहलमा बिहीबार अनलाइनखबरसँग लामो कुराकानी गर्दै ढकालले भने, ‘सभापतिले म न्याय गर्छु, अन्याय हुन दिन्नँ भन्नुभएको छ, म कुरिरहेको छु ।’

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०८१ असार १४

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP