२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा खाद्यान्न उत्पादन बढ्यो

बैतडी- सुदूरपश्चिम प्रदेशको बैतडीमा यस बर्ष खाद्यान्न उत्पादन वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार बैतडीमा यस बर्ष सवै भन्दा बढी जमिनमा मकै खेती गरिएको थियो । बैतडीको कुल खेतियोग्य जमिन मध्य १२ हजार ३ सय हेक्टरमा मकै खेती गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

जसमा २० हजार १ सय ५९ मेट्रिक टन मकै उत्पादन भएको छ । सोही क्षत्रफलमा मकै खेती गर्दा गत आर्थिक बर्षमा १९ हजार ७ सय ६४ मेट्रिक टन उत्पादन मकै भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

मकै पछि बढी खेती भएको धानबालीमा पनि यस बर्ष उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बैतडीमा यस बर्ष ९ हजार हेक्टर जमिनमा धान खेती गरिएकोमा १८ हजार ४९ मेट्रिक टन धानउत्पादन भएको छ ।

जुन गत आर्थिक बर्षको भन्दा ८ सय ५८ मेट्रिक टन बढी भएको कृषि ज्ञान केन्द्र प्रमुख चन्दले बताए । उनका अनुसार गत बर्ष बैतडीमा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको थियो ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७७ मंसिर २

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP