२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीसहित तीन जनाको मृत्यु

काठमाडौं– कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकादिनुभयो ।

ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

केही समय देखिनै मृगौला फेल भइ डायलासिस गरिरहेका उनको असोज ४ गते कोरोना पुष्टी भएको थियो ।

त्यसैगरी पर्साका एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP