२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

बालकलाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । दैलेखको गुँरास गाँउपालिका –८ गर्चाकी २६ वर्षीय महिलालाई पक्राउ गरिएको हो ।

महिलाले सोही ठाउँका १३ वर्षीय बालकलाई फकाएर यौन  दुर्व्यवहार गरेको बालकका आफन्तले जनाएका छन् । बालकलाई यौन  दुर्व्यवहार गरेको खबर प्रहरीलाई पुगेपछि निज महिलालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलालाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुर्व्यवहार ) शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत दैलेखमा पठाएको प्रहरीले जनाएको छ । ११ गते अदालतबाट म्याद थप भएपनि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP