२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बलात्कारीलाई मृत्युदण्ड दिन र लिंगछेदन गर्न महिला सांसदहरुको माग

काठमाडौं- महिला सांसदहरु बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गर्न संगठित भएका छन्। सोमबार भएको महिला सांसदहरुको भेलाले बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन लबिङ गर्ने निर्णय गरेको छ।

उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्।

भेलाले सत्तारुढ दल नेकपाकी सांसद बृन्दा पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति  गठन गरेको छ। समितिमा नेकपाकै शान्ता चौधरी, नेपाली कांग्रेसकी पुष्षा भुसाल, जसपाकी प्रमिलाकुमारी यादब, नेकपाकी निरुदेवी पाल, नेकपाकै पार्वती थापा र र नेपाली कांग्रेसकी लक्ष्मी परियार छन्।

भेलाका सहभागी महिला सांसदले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिन र जुनसुकै बलात्कारका घटनाका दोषीको लिङ्ग छेदन गर्न सुझाव दिएको हो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP