
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन्।
आज सोमबार राष्ट्रपतिले ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने लगायत कडा कानुनी प्रावधान समेटिएको छ। त्यस्तै तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ।
फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा उक्त विषय उल्लेख छ। अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ।
केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले तीनवटै अध्यादेश स्वीकृत गरेको थियो।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...