२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

माइक्रोले ठक्कर दिदा कांग्रेस सांसद प्रकाश स्नेही घाइते

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। उनी घाइते छन्।

स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए। ‘उहाँको खुट्टा र कुमनेर चोट छ,’ नेपालीले भने, ‘स्कुटीमा अनामनगरतर्फ आउँदै गर्दा उहाँलाई माइक्रोले ठक्कर दिएको हो।’

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १२

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP