
बझाङः बझाङमा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा गएराती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा सोही ठाउँका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नेत्रबहादुर बोहोराले दुर्घटनामा बोहोराको मृत्यु भएको पुष्टि गरे।
उनका अनुसार दुर्घटनामा थप तीन जना घाईते भएका छन्। घाईते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको उनले जानकारी दिए।
उनीहरुको अवस्था गम्भीर रहेको छ। तीनै जनालाई थप उपचारका लागि धनगढी पठाईएको छ। जेसिबी राती दहबगरबाट ऐसेलुबगरतर्फ आईरहेको बुझिएपनि प्रयोजन नखुलेको उनले बताए।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...