२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

हुम्लामा पनि भेटिए कोरोना संक्रमित : गोठी गाउँ सील

हुम्ला- अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ ।

पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । शुुक्रबार कोहलपुर ल्याबमा संकलन गरिएको स्वाबको नजिता पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वस्थ्य अधिकृत प्रेमबहादुर सिंहले बताए ।

शनिबार सिमकोट पुगेर ती किशोरी आइतबार माउन्टेन हेलिकोप्टरबाट सर्केगाड हुँदै आफ्नो गाउँ गोठी पुगेकी छन् । ती महिला गाउँ पुग्दा गाउँमा पहिलोपटक आएकाले बाजागाजासहित स्वागत गरियो । तर उनैलाई कोरोना संक्रमण भएको पछि मात्र थाहा भएकाे सर्केगाड- ५ का वडा अध्यक्ष कर्नजंग शाहीले बताए ।

५ नं. वडामा संक्रमितको आगमन भइसँगै आईतबारदेखि नै देखि सर्केगाड- ५ को गोठी गाउँलाई सिल गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए । खबर पाउनेबित्तिकै सर्केगाड गाउँ कार्यपालिकाको बैठक बसी तत्काल गोठी गाउँलाई सिल गर्ने निर्णय गरेको उनले बताए । अध्यक्ष रोकायाले भने, ‘हामीले गोठी गाउँलाई सिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पुरा गरेका छौं ।’

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP