डोटी- सरकारले कोरोना भाइरसको कारण देखाउँदै बुधबारबाट सञ्चालन हुने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत स्थगित गरिसकेको छ । तर डोटीको जोरायल गाउँपालिकामा भने कक्षा १ देखी ९ सम्मको बार्षिक परिक्षा चलिरहेको छ ।
दुई गतेबाट सञ्चालन भएको बार्षिक परिक्षा १० गते सम्म सञ्चालन हुने छ । यस अघि विज्ञान तथा प्रविधि मन्त्रालयलले ५ गते भित्र बार्षिक परिक्षा सम्पन्न गर्ने आदेश दिए पनि जोरायल गाउँपालिकाले त्यो अबधिमा सम्पन्न गर्न नसक्ने जनाएको थियो । प्रश्नपत्र तथा कपिको छपाइ लगायतका तयारीहरु पुरा नभएकोले परिक्षा मिति ढिला हुन गएको शिक्षा शाखा प्रमुख तेज बहादुर खत्रीले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन २० मा सुचना जारी गरि चैत्र ५ गते भित्र कक्षा १ देखी ९ सम्मको बार्षिक परिक्षा सम्पन्न गर्न आदेश दिएको थियो । विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास फैलिएको अवस्थामा आवश्यक सतर्कता अपनाउँन मन्त्रालयले यस्तो निर्णय गरेको थियो ।
मन्त्रालयले विद्यालयमा सभा, भेला, समारोह, बार्षिकोत्सव लगायतका कार्यक्रमहरु समेत नगर्न निर्देशन दिएको थियो । डोटीका अन्य ८ वटा स्थानिय तहहरुले भने ५ गते भित्रै परिक्षा सम्पन्न गरेका थिए ।
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...