२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

एकैदिन थपिए १५३९ जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन्।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ भाद्र ३१

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP