२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

सिन्धुपाल्चोकमा पहिरो : ७ जनाको शव भेटियो, २४ जना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ ।

पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका सातै जनाकाे परिचय खुलेको छ। ज्यान गुमाउनेहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा रहेका छन्।

पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।

स्थानीयका अनुसार अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो। बेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि पुगेका छन् ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ भाद्र २८

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP