२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

शनिबार १२ सय १ जनामा कोरोना पुष्टि : ८५२ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या ५३ हजार १२० पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजर १०७ जना छन् भने होम आइसोलेसनमा ६ हजार १५३ जना छन्।

आज पीसीआर १० हजार १७६ जनाको आरटी पीसीआर गरिएको छ। योसहित हालसम्म नेपालमा ८ लाख ३१ हजार ३६५ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ।

हाल क्वारेन्टिनमा ६ हजार ३५४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८५२ छ।

योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ जना कोरोनामुक्त भएर निको भएको छन्। यो ७०.६ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३३६ पुगेको छ।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ भाद्र २७

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP