२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

सुदूरपश्चिममा ७५४ जना सक्रिय कोरोना संक्रमित

डोटी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संक्रिय संख्या ७ सय ५४ पुगेको छ ।

शुक्रबार प्रदेशका दुई वटा कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको हो । जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या पाँच सय नजिक पुगेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा ४ सय ६९ जना संक्रमित रहेका छन् । कैलाीमा १ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ४ सय ९६ जना संक्रमण मुक्त भएका छन् ।

यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ४ सय ७१, डोटीमा ४९, दार्चुलामा ७, डडेल्धुरामा ५, बाजुरमा ९, बझाङमा ७३, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ६१ जना संक्रमण मुक्त भएर घर गएकाछन् । कोरोना संक्रमणका कारण प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र २७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP