भारतमा कोरोना भाइरसबाट एकै दिन एक हजार २०९ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
साथै पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ५५१ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
एकैदिन थपिएका नयाँ कोरोना भाइरसका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।
अघिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ।
अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। यता ९ लाख ४३ हजार ४८० संक्रमित निको हुन बाँकी छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...
डोटी, ७ फागुन जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्...