२०७७ माघ ७, बुधबार
January 20, 2021, Wednesday

देशभर थप ९०२ जनामा कोरोना संक्रमण : सुदूरपश्चिममा थपिए १० संक्रमित

आज (मंगलबार) देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। यीमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ।

आजको दिन संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना छन्।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना संक्रमणमुक्त भएका छन्।

आईसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ जना छन्।

सुदूरपश्चिममा थपिए १० संक्रमित

आजै सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८८ जनाको परिक्षण गरिएकोमा कंचनपुरका ६ र कैलालीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा धनगढी ८ कैलालीका २ जना, लम्कीचुहाका २ जना रहेका छन् । यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

मंगलबार नै डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भने सबैको रिपोट नेगेटिभ आएको छ ।

Related News

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
  • २०७७ भाद्र २३

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
  • २०७७ भाद्र २३

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुर बुवा नाता पर्नेबाट किशोरी...

खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
  • २०७७ भाद्र २३

कैलाली – चिसोमा हिउ खेल्न सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा तिन सय पर्यटक भित्राउने योजना सहित भिजिट खप्तड हेलि टुर अभियान...

TOP