सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ ।
‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कर्तव्य पालनको सिलसिलामा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु,’ प्रजिअ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले आइसोलेसनमा बसेको छु । कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला । छिट्टै तपाईंहरुको सेवामा फर्किनेछु ।’
प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...