२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

सिल भएका नाकाबाट भारतीय नागरिक कसरी आउँछन् नेपाल?

माेहन जाेशी / धैर्यकान्त दत्त / आरोहण शाह

आयोमेल- कैलालीको धनगढी माइत भएकी एक भारतीय महिला भदौ ९ गते बिहान गौरिफण्टा नाका हुँदै नेपाल भित्रिइन्। भारतीय नागरिकसँग विवाह गरेकी ती महिलासँग उनका श्रीमान र छोरी पनि थिए। 

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय सीमामा आवतजावत रोक लगाएको छ भने भारतमा रहेको नेपालीले पनि अत्यावश्यक कामले स्वदेश फर्किए क्वारेन्टाइनमा राख्ने गरिन्छ।

यसरी सीमावारपार अवैध आवतजावत नगर्न र अवैध रुपमा आएकालाई घरमा नराख्न समेत सरकारले निर्देशन जारी गरिसकेको छ।

तर धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष बलबहादुर ऐरले उनीहरुलाई धनगढी ल्याएका थिए।  धनगढीकै क्षेत्रीय रंगशालामा रहेको क्वारेण्टाइनमा ल्याएर उनीहरुलाई राखियो। 

तर स्थानीय प्रशासनले ती भारतीय नागरिकलाई उनकै देश पठाउन निर्देशन दियो। क्वारेण्टाइनमा रहेकी ती महिला र उनका श्रीमानलाई प्रहरीले भारत पठाउन खोज्दा वडा अध्यक्ष ऐर विरोधमा उत्रिए। उनी पनि परे। 

तर  ऐरको तर्क भने यस्तो छ। ‘दिउँसो मेरै रोहबरमा ल्याइएको थियो। राति फेरि नाकामै लगेर अलपत्र छोड्न थालिएपछि मैले विरोध गरेको थिए, प्रहरीले मलाई नै पक्राउ गर्‍यो,’ उनले भने, ‘राति नफर्काएर अर्को दिन बिहान फर्काउन प्रहरीसँग आग्रह गरेको थिए। तर राति नै उनीहरुलाई सीमामा अलपत्र छोडियो। ऐर रिहा भइसकेका छन्। अहिले २ हजारभन्दा बढी भारतीय धनगढी भित्रिएको उनको दाबी छ।

यो समस्या पश्चिम नेपाल होइन प्रदेश  २ को जनकपुरधामसँग सीमा जोडिएको क्षेत्रमा पनि छ। महोत्तरीको जलेश्वर नगरपालिकास्थित मलिबाडा नाकामा बिहानैदेखि मानिसको भीड हुन्छ। कतिपय व्यक्ति भारतबाट दैनिक उपभोग्य सामग्री खरिद गर्न पुगेका हुन्छन् भने कतिपयलाई भारततिर जानुपर्ने हतारो हुन्छ।

दशगजा वरै सडकमा तारको जाली ओछ्याइएको छ। सडकमा तारको जाली हेरेपछि नाकाबाट आवतजावत बन्द रहेको जस्तो देखिन्छ। तर, वास्तविकता भिन्न छ। मानिसको आवत–जावत बन्दजस्तो देखिएपनि नाका कट्नभने धेरै कठिन छैन्, त्यहाँ । 

मुख्य नाकाभन्दा केही मिटरको दूरीमा खेत र आलीको हुँदै दुबैतर्फका मानिसहरु सहजै आवत–जावत गरिरहेका हुन्छन्। दुबैतर्फको सुरक्षाकर्मी नाकामा तैनात हुन्छन्। देखेपनि नदेखे जस्तो गर्छन्, सुरक्षाकर्मी। र, आवत–जावत गर्नेहरू नाका कट्छन्।

महोत्तरीको मुख्य नाका मलिवाडामा मात्र होइन् धनुषासहित प्रदेश २ का प्रायः सबै नाकाको यस्तै अवस्था छ। धनुषाको जटही, खजुरी, महिनाथपुरलगायतका नाकामा पनि मानिसको सहज आवत छ। मुख्य नाकामा कडाइ भएपनि वैकल्पिक बाटो खुला भएपछि तस्करको व्यवसाय पनि मौलाएको छ। 

दैनिक उपभोग्य सामग्रीसहित पान मसाला, गुटखा, रजनीगन्धालगायतका सामग्री पारी भारतीय बजारमा खरिद गरेर नेपाली बजारसम्म पुर्‍याउन तस्कर सक्रिय भएका छन्।

सरकारले नाका सिल गरेर कडाइ गर्ने निर्णय गरेको छ। तर, सरकारको त्यो निर्णय अहिले घोषणामा मात्र सीमित भएको छ। नाकामा कडाइ हुननसकेपछि कोरोना संक्रमणको थप जोखिम बढेको छ, अहिले।

पुरा समाचार पढ्नुहोस्

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ भाद्र १७

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ भाद्र १७

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ भाद्र १७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP