धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मात्र स्थानीय संक्रमितको संख्या ७५ पुगेको छ।
राजधानी रहेको धनगढी उपमहानगरपालिकामा हरेक दिन स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ।
पछिल्ला केही दिन यताको संक्रमितको दर र अवस्था हेर्दा कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेको उपमहानगरपालिकाको ठहर छ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पछिल्लो समय उपमहानगर क्षेत्रमा स्थानीय संक्रमितको संख्या बढ्दै गएकाले समुदाय स्तरमा परीक्षणको तयारी गरेको बताए ।
उनले भने–‘हामीले समुदाय स्तरमा परीक्षणको तयारी गरेका छौँ, स्थानीयले पनि सतेतना अपनाउन जरुरी छ।’
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने– ‘धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिँदै गएको छ । हामी टेस्टिङ र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिन्छौँ ।’
उनका अनुसार प्रदेशमै पहिलो पटक गत चैत १४ गते धनगढीमा कोरोना संक्रमण देखिएको थियो । धनगढीमा सोमबार सम्म दुई सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरु मध्ये ७५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।
जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भइसकेको छ।
सोमबार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कसैको पनि ट्राभल हिस्ट्री देखिएको छैन् । प्रादेशिक अस्पतालका अनुसार सबैभन्दा बढी धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जनामा संक्रमण पुष्टि भएको थियो।
उनीहरुमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए ।
ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...