डोटी – डोटीका युवाहरुले गरेको रत्तदानले सुत्केरी महिलाको ज्यान बचाएको छ । अत्यधिक रक्तश्रावका कारण जोखिममा रहेकी शिखर नगरपालिका–२ कालागाढकी २३ बर्षिय सुत्केरी दुर्गा नेपालीको ज्यान जोगिएको हो ।
घरमै आधि बच्चा खेर गएको अवस्थामा उपचारका लागि राजपुर स्थित सुजङ्ग अस्पतालमा पुगेकी नेपालीलाई दिपायल सिलगढी नगररपालिका–४ का युवा भरत कठायत र शिखर नगरपालिका–१० का युवा केशब धामीले एक÷एक पोका रगत दान गरेर सुत्केरीको ज्यान जोगाएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।
नेपालीको आर्थिक अवस्था एकदम कमजोर भएका कारण रगतको क्रस चेकजाँचका लागि रक्तदाता लाई लगेर सिलगढी स्थित रेडक्रसको कार्यालयमा जान गाडी भाडा र त्यहाँ लाग्ने शुल्क सम्म तिर्ने पैसा थिएन । अस्पतालले नै रक्तदाता संग सम्पर्क गरिदिएर रेडक्रसमा लाग्ने शुल्क र गाडि रिजर्वको पैंसा तिरेको सुत्केरी नेपालीका ससुरा हरी नेपालीले बताए ।
बिरामी बेडमा रगतको अभावमा छटपटिएको अवस्थामा, आर्थिक अभाव भएका विरामीलाई झन् पीडा हुने गरेर अस्पतालले उपचारमा लाग्ने खर्चका लागि कहिले पनि दवाव नदिने गरेको प्रशासन प्रमुख बलायरले बताए । उनले भने,‘अस्पताल सेवादायी संस्था हो । हामी सेवक हौं । बिरामीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो धारणा हो । कहिले काही यस्ता विरामीहरु आउँदा उपचारमा छुट तथा व्यवहारिकता मिलाएर उपचार गर्दै आएका छौं । उहाँको पनि आर्थिक अवस्था एकदमै नाजुक छ उपचारमा सौलियत दिएर भएपनि उहाँको उचार गछौं ।’
अस्पतालले यस अघि पनि रगत अभाव भएका बिरामीलाई अस्पतालका कर्मचारीले नै रगत दिएर जोगाउने गरेको छ । बिरामिलाई रगत अभाव भएको खण्डमा अस्पतालले स्थानीय युवा, नेपाल आर्मी, शसस्त्र प्रहरी, प्रहरी लगायतसंग समन्वय गरेर ज्यान जोगाउँदै आएको भने आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई उपचारमा सौलियत दिदै आएको छ ।
डोटीमा ब्लड बैंकको व्यवस्था नभएका कारण तत्काल रक्तदाता मार्फत बिरामीलाई ब्लड दिने गरिन्छ । ब्लड बैंकको अभाव र ब्लड क्रस चेकजाँचका लागि रेडक्रस नै धाउनुपर्ने भएकाले जिल्लामा ब्लड अभाव भएका बिरामीले पटक–पटक समस्या झेल्दै आएका छन् ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...