२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा प्रति दश लाखमा २० हजार ३०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र ६

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP