काठमाडौं– करिब ८ महिनाअघि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले पूरै विश्वलाई आक्रान्त पारेको छ।
२ करोड ३० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ।
विश्वभर करिब ६२ हजार संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ। ६५ लाख ४३ हजारको स्वास्थ्य अवस्था मध्यम छ। १ करोड ५६ लाख भने संक्रमणमुक्त भएका छन्। एक्टिभ केसको संख्या ६६ लाख छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृतकको संख्या १ लाख ८० हजार पुग्न लागेको छ। त्यहाँ झन्डै ५९ लाख संक्रमित भएकोमा ३१ लाख भने संक्रमणमुक्त भएका छन्। अमेरिकामा दैनिक करिब ५० हजार संक्रमित थपिइरहेका छन् भने दिनमा झन्डै १ हजार जनाको ज्यान गइरहेको छ।
दोस्रो प्रभावित देश ब्राजिलमा ३५ लाख ३६ हजार संक्रमित हुँदा १ लाख १३ हजारभन्दा बढीको ज्यान गएको छ। त्यहाँ पनि दैनिक हजारौं थपिइरहेका छन् भने सयौंको मृत्यु भइरहेको छ।
तेस्रो नम्बरमा आउँछ छिमेकी देश भारत। भारतमा पनि दैनिक संक्रमण र मृत्यु दुवै बढ्दो छ। भारतमा संक्रमितको संख्या ३० लाख पुग्दै गर्दा मृत्यु हुनेको संख्या करिब ५६ हजार छ।
दैनिक ९ लाखको हाराहारीमा पीसीआर टेस्ट हुँदा भारतमा ५० हजारभन्दा बढी संक्रमित थपिन्छन्। दैनिक १ हजारको हाराहारीमा मृत्यु भइरहेको छ।
नेपालमा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा संक्रमण पाइएको छ।
यीमध्ये १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार १३२ छ।
तथ्यांक स्रोत : वर्ल्डओमिटर
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...