२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

जेसिज अध्यक्षले गरिन् जन्मदिनमा वृद्धहरुलाई खाध्यन्न वितरण

डोटी – डोटी जेसिजका अध्यक्ष निर्मला खत्री खड्काले आफ्नो जन्मोत्सवको अवसरमा वृद्धहरुलाई खाध्यन्न सामग्री वितरण गरेकी छन् । आफ्नो ३१औं जन्मोत्सवका अवसरमा पूज्य धर्मान्तक वृद्धाश्रम सिलगढी डोटीमा रहेका २ जना वृद्धहरुलाई बुधवार खाध्यान्न सामग्री र फलफुल वितरण गरेकी हुन् ।

वृद्धाश्रम बस्दै आएका पुर्वि चौकि गाउपालिका —२ का ७४ बर्षका रघु साउद र दिपायल सिलगढी नगर पालिका —६ का ७३ बर्षका भरत श्रेष्ठलाई बितरण गरीएको हो । जेसिजको मुल मर्म नै मानवताको सेवा जीवनको सर्बोतम कार्य रहेको बताउदै वृद्ध वुवाहरुको सेवा गर्ने आफ्नो पहिले देखिको नै इच्छा भएकाले उक्त काम गरेको अध्यक्ष खत्री ले बताइन् ।

गत असोज २ गतेबाट सञ्चालनमा आएको पूज्य धर्मान्तक वृद्धाश्रममा हाल ३ जना वृद्ध एवं असाहायहरु बस्दै आएको वृद्धाश्रमका अध्यक्ष दिनेश रोकायाले बताए । त्यसमध्ये शिखर नगर पािलका —६ पचनालिका ७३ बर्षका किरुवा भुल पूजाआजाका लागि गाउँतिर गएका अध्यक्ष रोकायाले जानकारी दिए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७६ चैत्र ६

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP