२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

जेसिज अध्यक्षले गरिन् जन्मदिनमा वृद्धहरुलाई खाध्यन्न वितरण

डोटी – डोटी जेसिजका अध्यक्ष निर्मला खत्री खड्काले आफ्नो जन्मोत्सवको अवसरमा वृद्धहरुलाई खाध्यन्न सामग्री वितरण गरेकी छन् । आफ्नो ३१औं जन्मोत्सवका अवसरमा पूज्य धर्मान्तक वृद्धाश्रम सिलगढी डोटीमा रहेका २ जना वृद्धहरुलाई बुधवार खाध्यान्न सामग्री र फलफुल वितरण गरेकी हुन् ।

वृद्धाश्रम बस्दै आएका पुर्वि चौकि गाउपालिका —२ का ७४ बर्षका रघु साउद र दिपायल सिलगढी नगर पालिका —६ का ७३ बर्षका भरत श्रेष्ठलाई बितरण गरीएको हो । जेसिजको मुल मर्म नै मानवताको सेवा जीवनको सर्बोतम कार्य रहेको बताउदै वृद्ध वुवाहरुको सेवा गर्ने आफ्नो पहिले देखिको नै इच्छा भएकाले उक्त काम गरेको अध्यक्ष खत्री ले बताइन् ।

गत असोज २ गतेबाट सञ्चालनमा आएको पूज्य धर्मान्तक वृद्धाश्रममा हाल ३ जना वृद्ध एवं असाहायहरु बस्दै आएको वृद्धाश्रमका अध्यक्ष दिनेश रोकायाले बताए । त्यसमध्ये शिखर नगर पािलका —६ पचनालिका ७३ बर्षका किरुवा भुल पूजाआजाका लागि गाउँतिर गएका अध्यक्ष रोकायाले जानकारी दिए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ६

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP