२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पर्सामा मेयरसहित ५५ जनामा कोरोना

वीरगञ्ज– पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ ।

चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए ।

यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पुरुष र बाराको मनहर्वा घर भएका ४३ वर्षीया दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण २४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP