२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

भारतबाट फर्किएका यात्रु बोकेको हाइस डडेल्धुरामा दुर्घटना : १७ जना घाइते

डडेल्धुरा : डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्र्तगत जिल्लाको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दु्र्घटना भएको हो।

भारतबाट फर्किएकाहरुलाई धनगढी देखि बझाङ्ग तर्फ लैजादै गरेको सु.प.प्र. ०१–००१–ख २३२३ नं.को हाईस शनिबार बिहान करिव ३ वजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाउको छ। 

घाईते मध्ये बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने बस्ने ३० बर्षीय हिमाल माझी (साहुँ) र कैलाली गोदावरी नगरपालिका–६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागी धनगढी पठाएको जिलला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बझाङ्ग तलकोट गाउँपालिका–२का २३ वर्षीया शुसिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका  अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर पनि घाईते भएका छन्। 

यस्तै ४६ वर्षका गोरख कुँवर,४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका  विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका  पवन धामी, ६ को अनुप रोकाया रहेका छन्।

घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। हाईस अनियन्त्रीत भएर सडक भन्दा अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। 
 

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ श्रावण १७

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP