२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

घरमा लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

फाइल फोटो

डोटी- घरमा लुकाइछिपाइ राखेको सालको काठ बरामद गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालका स्थानियले लुकाएर राखेको काठ कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय धर्म रोकाया र अर्जुन रोकायाको घरमा लुकाएर राखेको ६८ थान अन्दाजी ४५ क्यूफिट बढी सालको काठ बरामद गरेको कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाका रेन्जर नरेश धामीले बताए ।

काठ बरामद गर्ने टोलीले मुचुल्का उठाएर आवस्यक अनुसन्धान र कार्वाहीका लागि डिभिजन वन कार्यालयमा पठाउने तयारी गरिरहेको रेन्जर धामीले शिखर समाचारलाई जानकारी दिए ।

डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रशाद तिवारीले बरामद गरिएको काठको अनुसन्धान गर्न टोली खटाइएको बताए । काठ मालिक र काठ जिल्लामा ल्याएर थप कार्वाही अगाडी बढाइने तिवारीले जानकारी दिए ।

सो वडाका वडाध्यक्ष वीरभान धामी र काठ मालिकले भने बरामद गरिएको काठ पुरानो पैतृक भएको जिकिर गर्दै आएकाछन् ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ श्रावण ७

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP